नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

pahiro

   काठमाडौंं । नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोलालगायतका स्थानमा पहिरो खस्दा आज पनि आवागमन अवरुद्ध बनेको छ । मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज पनि पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको हो । पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने अनुमान गरिएको छ। आइतबार राति पनि ३ ठाँउमा पहिरो खस्दा सोमबार दिउँसोसम्म यातायात अबरुद्ध भएको थियो। सोमबार दिउँसो यातायात सञ्चालनमा ल्याए पनि राति पहिरो खसेरफेरि सडक अबरुद्ध भएको हो।

मुख्य राजमार्ग बन्द यात्रुहरु समस्यामा परेका छन् । हिरोका कारण दैनिकजसो सवारी आवागमन प्रभावित भएको छ । घन्टौं जाममा बस्नुपर्ने वाध्यता आएकोले प्रहरीले सकभर वैकल्पिक मार्गहरुको प्रयोग गरी यात्रा गर्न र सर्वसाधारणहरुलाई अपिल गरेको छ ।

Comments

Top