३३ केजी सुन तस्करी काण्डमा छोराको विवाहस्थलबाट बाबु पक्राउ

gore

   काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अर्का एक व्यापारी पक्राउ परेका छन् । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गरिरहेको गृहमन्त्रालयद्धारा गठिन विशेष अनुसन्धान समितिले विरगञ्जका व्यापारीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

स्रोतका अनुसार वीरगञ्जका व्यवसायी राजु द्धावरलाई काठमाडौंको होटल अन्नपूर्णबाट पक्राउ गरिएको हो । यसअघि पक्राउ परेका पोद्दारले उनको नाम लिएपछि द्धावर पक्राउ परेको स्रोतको दाबी छ । समितिल उनलाई तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको भन्दै पक्राउ गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार द्धावरको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ ।

Comments

Top