एसईईमा कम ग्रेड ल्याएका विद्यार्थीहरुलाई अवसर प्रदान गर्दै एलाइन्स

allaiance

  काठमाडौं । विगत ९ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर युवा वर्गलाई सिपमुलक तालिम प्रदान गरी दक्ष बनाइरेको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टरले एसईईको परिक्षामा कम ग्रेड ल्याएका विद्यार्थीहरुलाई लक्षित गरी नयाँ योजना अघि सारेको छ । भर्खरै नतिजा प्रकाशित भएको एसईई परिक्षामा कम ग्रेड ल्याएका विद्यार्थीहरु एलाइन्समा गएर तालिम लिने हो भने छोटो समयमा नै उनीहरु प्रगतिको बाटोतर्फ लम्किने एलाइन्सका सञ्चालक दिपक पोखरेल दावी गर्छन् ।

‘अंक कम आयो भनेर तानवमा रहेका विद्यार्थीहरु एलाइन्स आउने हो भने छोटो समयमा नै उनीहरुलाई दक्ष बनाई सहि गोरेटोतर्फ लम्कन हाम्रो विशेष योगदान रहनेछ । काम गर्न चाहनेहरुलाई ग्यारेन्टीका साथ रोजगारीको अवसर पनि प्रदान गर्नेछौं ।’ पोखरेलले माइन्यूज नेपालसँग भने ।

बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्सले प्लस टुको परिक्षा दिएर बसेका विद्यार्थीहरु र स्नातक तहको परिक्षा दिएर बसेका विद्यार्थीहरुको खाली समयमा पनि सिपमुलक तालिम प्रदान गर्ने नयाँ कक्षा सञ्चालनमा ल्याएको छ ।

विद्यार्थीहरुको खाली समयलाई सदुपयोग गरी उनीहरुलाई नै सिप सिकाएर दक्ष बनाउने अभियानमा लागेको एलाइन्स आइएसको प्राप्त संस्था हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी) बाट समेत मान्यता प्राप्त एलाइन्समा तालिम लिएका जो कसैले पनि छ महिना भित्रै रोजगारीको अवसर प्राप्त गर्ने सञ्चालक पोखरेल दावी गर्छन् ।

आइफोन सर्किट, म्याक ल्यापटप सर्किट, ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ । नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले इएनआईटी, आरटी८०९, कट्रोलर प्रोग्रामिङ, इजि जेट्याग, जेट्याग डब्लु जस्ता मेसिनको प्रयोग गरी लाइभ प्रवलममा सोलुसन गरी विद्यार्थीहरुलाई तालिम दिइरहेको छ । मोवाइल, ल्यापटप, कम्प्युटर तथा प्रोजेक्टरमा देखिने कुनै पनि चिप सम्बन्धि समस्या दुई घण्टाभित्रै समाधान गरिने सञ्चालक पोखरेल बताउँछन् ।

आफूसँग सीप छ भने न त कसैको भर पर्नुपर्छ न त खाडी मुलुकको चर्को घाममा पसिना बगाउनु नै पर्छ भन्ने सञ्चालक पोखरेलले जो कसैलाई पनि सिप सिकेर दक्ष बन्न आग्रह गरेका छन् । पहिले नै तालिम लिएका तर, पछिल्लो समयमा भएको प्रविधिको परिवर्तनका बारेमा बुझ्न नसक्दा काम गर्न नसकेकाहरुलाई पनि एलाइन्सले छुट्टै कक्षाको सञ्चालन गरि तालिम दिने व्यवस्था मिलाएको छ ।

साधरण लेखपढ गर्न सक्नेलाई समेत दक्ष बनाउनका लागि एलाइन्सले अर्को छुट्टै कक्षा सञ्चालन गरिरहेको पोखरेल बताउँछन् । एसईई र प्लस टु पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तलिम प्रदान गर्दै आएको छ ।

एलाइन्सको बारेमा विद्यार्थीहरुको बुझाई

 

Comments

Top