मेस्सी चम्किदा अर्जेन्टिना अन्तिम १६ मा

messi

   काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर मेस्सीको ह्याट्रिकका कारण बल्लतल्ल विश्वकपमा छानिएको अर्जेन्टिना गएराती भएको खेलबाट झण्डै समूहचरणबाट नै बाहिरिनु परेको थियो । रसियामा जारी विश्वकपममा मंगलबार राती भएको खेलमा मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

मंगलबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा क्राएसिया नहार्नु पर्ने थियो । यो खेलमा गोलकिपर क्याबलेरोको स्थानमा अरमानीलाई खेलाइएको थियो भने सर्जिओ एग्युरोलाई बेञ्चमा राखेर हिगुइनलाई सुरुवाति ११ मा ल्याइएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता पनि १४ औं मिनेटमा नै लिओनल मेस्सीको उत्कृष्ट गोलबाट लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत गोल खायो । जाभियर मासेरानोको डि बक्स एरियामा विपक्षी खेलाडीलार्इ फउल गरेपछि दिइएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएजले सहजै गोल गरेका थिए ।

खेल १–१ को बराबरीतर्फ उन्मुख भएका बेला रोजोले ८६ औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । उनले गाब्यिल मेर्सेडोको पासमा गोल गरेका हुन् । खेलमा मेस्सी चम्किदा आइल्याण्डलाई हराउने क्रममा २ गोल गरेका अहमद मुसाको पनि केही लागेन । यदि हिजोको खेल बराबरीमा नै टुंगिएको थियो भने पनि अर्जेन्टिना समूह चरणबाट नै आउट हुने थियो ।

उता गएराति नै भएको अर्को खेलमा खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा क्रोएसिया पनि समूह डीको विजेताको रुपमा अन्तिम १६ मापुगेको छ ।

Comments

Top