पाँच पटकको विश्वकप विजेता ब्राजिल नकआउट चरणमा

brazilb

 काठमाडौँ । पाँच पटकको विश्वकप विजेता ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले विजयी भएको हो । खेलको पहिलो हाफमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको ३६ औँ मिनेटमा काउन्टिन्होको पासमा पाउलिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।

 दोस्रो हाफमा नेयमारको कर्नरमा थियागो सिल्भाले हेडमार्फत गोल गर्दै ब्राजिलको अग्रता बढाएका थिए । योसँगै सर्बियाको नकआउट चरण पुग्ने सपना चकनाचुर बन्यो । त्यस्तै कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै स्वीटजरल्याण्ड पनि नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा दुई पटक अग्रता लिए पनि स्वीटजरल्याण्डले जीत हासिल गर्न सकेन ।

  खेलको ८८ औँ मिनेटमा जोसिप ड्रिमिचले गोल गर्दै स्वीटजरल्याण्डलाई जीत नजिक पुर्याए पनि इन्जुरी समयमा यान सोमारले गोल गर्दै कोस्टारिकालाई विश्वकप २०१८ मा पहिलो अंक दिलाए ।

 

Comments

Top