जापान, सेनेगल र कोलम्बियामध्ये आज कसले काट्दैछ घर जाने टिकेट ?

janap, senegal, colombia

   काठमाडौं । रसियामा जारी विश्वकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्। समूह एचका दुई खेलले जापान, सेनेगल र कोलम्बिया दुई दोस्रो चरणमा पुग्ने निश्चित गर्छ भने एउटा टिम घर फर्कने छ। समूह एचको अर्को टिम पोल्याण्ड भने यस एक खेल अघि नै बाहिरिसकेको छ ।

त्यस्तै समूह जीका इङ्ग्ल्यान्ड र बेल्जियम भने एक खेल अघि नै अन्तिम १६ मा पुगिसकेका छन् । तर, आजको खेलले समूह चरणमा कुन टिम शीर्ष स्थानमा रहने भन्ने निर्धारण गर्नेछ।

आज साँझ पौने आठ बजे समूह एचका सेनेगल र कोलम्बिया तथा जापान र पोल्यान्डबीच खेल हुनेछ। हालको स्थितिमा एउटा जित र एउटा बराबरी र गोल अन्तरसमेत समान रही जापान र सेनेगल चार अङ्कका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्। कोलम्बिया भने एउटा खेल जितेर तीन अङ्कका साथ तेस्रो स्थानमा छ।

कोलम्बिया समूहको शीर्ष स्थानमा रहने वा घर फर्कने दुवै सम्भव छ। यसका लागि कोलम्बियाले सेनेगललाई जित्नु मात्र पर्याप्त हुँदैन, जापान र पोल्यान्डको अर्को खेलको नतिजा पनि आफू अनुकूल आउनु पर्ने हुन्छ।
सेनेगल र कोलम्बियाबीचको खेलमा कोलम्बियाले जितेमा जापानलाई पोल्याण्डले हराएको खण्डमा कोलम्बिया शिर्ष स्थानमा पुग्छ । यदि सेनेगलले कोलम्बियालाई हरायो र पोल्याण्ड पनि जापानसँग पराजित भएमा जापान नै शिर्ष स्थानमा रहि अन्तिम १६ मा पुग्नेछ । यदि जापान र पोल्यान्डबीचको खेल बराबरी भएमा पनि कोलम्बिया समूहमा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा जान सक्नेछ।

यदि सेनेगल र कोलम्बियाबीचको खेलमा सेनेगलले जिते जापान र सेनेगल दोस्रो चरणमा पुग्नेछन् ।

त्यसैगरी पोल्यान्डले जापानलाई पराजित गरेर सेनेगलसितको खेलमा कोलम्बियाले राम्रो गोल अन्तरले जितेमा जापान घर फर्कनु पर्ने हुन्छ भने सेनेगल कोलम्बियासँग पराजित भएर जापानले पोल्यान्डलाई पराजित गरेमा वा बराबरी गरेमा सेनेगल घर फर्कनुपर्ने हुन्छ ।

Comments

Top