हारेर पनि जित्यो जापान, पहेंलो कार्डले बाहिरियो सेनेगल, काेलम्बियाले चम्काएकाे जापानकाे भाग्य

japann

   काठमाडौं । रसियामा जारी विश्वकपको समूह एचको अन्तिम खेलमा जापान पोल्याण्डसँग १ ० गोल अन्तरले पराजित भएको छ । तर, आज एसियाली मुलुक जापान भाग्यमानी सावित भएको छ । एक खेल अघि नै समूह चरणबाट बाहिरिएको पोल्याण्डसँग पराजित भएको जापानले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

आजै भएको समूह चरणको अर्को खेलमा कोलम्बियाले सेनेगललाई हराएका कारण जापान नकआउट चरणमा पुगेको हो । यसअघि जापान ४ अंका साथ पहिलो समूहको शिर्ष स्थानमा, सेनेगल पनि ४ अंकका साथ दोस्रो स्थानमा र कोलम्विया ३ अंकका साथ तेस्रो स्थानमा थियो । पोल्याण्डले कुनै अंक जोड्न सकेको थिएन ।

आजको खेल जित्दै कोलम्बिया ६ अंकका साथ समूह विजेता बन्न सफल भयो भने समान ४ अंक जोडेका जापान र सेनेगलमध्ये सेनेगलले जापानको भन्दा बढि एल्लो कार्ड खाँदा समूह चरणबाट नै बाहिरन पुग्यो ।

सेनेगलले ६ वटा एल्लो कार्ड खाँदा जापानले ४ वटामात्र एल्लो कार्ड खाएको थियो । जापान र सेनेगलको अंक र गोल भिन्नता बराबरी भए पनि जापानले फेयर प्लेका आधारमा अन्तिम १६ मा कब्जा जमाएको हो ।

यदि आज कोलम्बियाले सेनेगललाई नहराएको भए पनि जापानको स्थानमा सेनेगल नै पुग्थ्यो । त्यसैले आज जापानको भग्य कोलम्बियाले नै चम्काईदिएको हो । अब जापानले अन्तिम १६ मा कस्ताे खेल खेलेर काेलम्बियालार्इ धन्यबाद  दिने हाे त्यसका लागि भने अर्काे खेल सम्म कुर्नु पर्ने हुन्छ । 

Comments

Top