विश्वकप फुटबल: इङ्ग्ल्यान्डलाई एक गोलले पराजित गर्दै बेल्जियम बिजयी

engaland1

 काठमाडौं ।  विश्वकप फुटबलमा  बिहिबार राती भएको समूह चरणको अन्तिम खेलमा इङ्ग्ल्यान्डलाई एक गोलले पराजित गर्दै बेल्जियम बिजयी बनेको छ  ।

 बेल्जियमका लागि जानुजाजले ५१ औं मिनेटमा विजयी गोल गरेका थिए। अब  बेल्जियमले  जापानसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ भने इङलयान्डले कोलम्बियासँग खेल्नेछ। 

 समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई इङ्ल्यान्डले २-१ गोलले हराउँदा पनामाविरुद्धको दोश्रो खेलमा उसले ६-१ को विजय हासिल गरेको थियो। सो गोलका कारण इङ्ल्यान्डले विश्वकपमा एकै खेलमा सबैभन्दा बढी गोल र सबैभन्दा फराकिलो गोल अन्तरले विजयी भएको राष्ट्रिय कीर्तिमान तोडेको थियो । 

Comments

Top