प्रहरीसँगको भिडन्तमा हतियार कारोबारीको मृत्‍यु

raitahat

 रौतहट । रौतहटमा आपराधिक समूह र प्रहरीबीच भिडन्त भएको छ । आपराधिक समूहले सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको भिडन्तमा बिहीबार राति एक जनाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिकामा बिहीबार राति भएकाे भिडन्तमा आपराधिक समूहका एक सदस्य मारिएका हुन् । मृतकको सनाखत हुन सकेको छैन ।

 घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ। राजदेवी नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो।

 अनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो। घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमाक्षेत्र नजिक भिडन्त भएकोले उक्त समूह पारि भागेको हो। हतियार बिक्रि गर्न उक्त समुह नेपाल आउँदा भिडन्तमा परेको हो।

Comments

Top