जीप दुर्घटनामा परि मृत्यु भएका ७ मध्ये ६ जनाको सनाखत

solu

  काठमाडौं। सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटनामा पर्दा जिपमा सवार ८ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि एक बालक गम्भीर घाइते भएका छन् । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब ५ सय मिटर तल खसेको अनुमान गरिएको छ ।

मृत्यु हुनेहरुमा जिपका चालक उदयपुरको शिरीषे ८ का सुसन तामाङ, सिरहा चनैठा १ का ३६ वर्षीय शिवकुमार यादव, खोटाङको खाल्ले ८ की २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुको नेचासल्यान २ की २५ वर्षीया उर्मिला बास्तोला, २५ वर्षीया सुशिला खड्का र ओखलढुंगा मांखा ५ का ४० वर्षीय श्यामकुमार राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

दुर्घटनामा नेचा सल्यानका भीमराज खड्काकी छोरी करिब ७/८ वर्षीया सुष्मा खड्का गम्भीर घाइते भएकी छिन्। उनको फाप्लुस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

Comments

Top