लोकतन्त्रलाई कुनै तागतले पन्छाउन सक्दैन : प्रधानमन्त्री ओली

pmkp

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धानलगायतका निकायलाई प्रभावकारी बनाउनका लागि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको दावी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विपक्षी दललाई लोकतन्त्र खतरामा छ भनेर जनतामा भ्रम नछर्न पनि आग्रह गरेका छन् ।

सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र कहाँ जान्छ र लोकतन्त्र जान्छ भने आउँछ चाहिं के भन्दै प्रश्न गरेका थिए । उनले जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुनै तागतले पन्छाउन नसक्ने पनि बताए ।

Comments

Top