रोकिएन सुन तस्करी, आज पनि एक किलो बरामद

sun taskari

   वीरगञ्ज । सरकारले तस्करीको ३८ क्विन्टल सुनको छानविन गरिरहेका बेला सुन तस्करी भने नरोकिएको पुष्टि भएको छ । नेपाल प्रहरीका तल्लो तहदेखि हाकिमसम्म र त्रिभुवन विमानस्थलका लोडर देखि उच्च पदस्थ कर्मचारीसम्मको मिलेमतोमा सुन तस्करी हुँदै आएको भन्दै गृह मन्त्रालयद्धारा गठित छानविन समितिले तस्करीबारे सुक्ष्म अध्ययन गरिरहेको बताइरहँदा सुन तस्करी भने भइरहेको पाईएको छ ।

प्रहरीले वीरगञ्जबाट एक किलो सुनसहित आज विहान एकजनालाई पक्राउ गरेसँगै सुन तस्करी नरोकिएको पुष्टि भएको हो । प्रहरीले आज सर्लाही हरिपुर नगरपालिका–९ बस्ने सन्तोषकुमार साहलाई एक किलो सुनसहित पक्राउ गरेको हो । एक किलो अवैध सुन बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका शंकाराचार्य गेट अगाडिबाट साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

एक किलो अबैध सुनसहित साहलाई पक्राउ गरेको बताउँर्दै ढकालले भने–‘उनी बारे थप अनुसन्धान भइरहेको छ ।’ साह चढेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ । ६ टुक्रा सुनलाई कालो टेपले बेरेर त्यसपछि कागजमा राखेर फेरि सेतो टेपले बेरेर राखिएको अवस्थामा फेला परेको थियो ।aa

Comments

Top