ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खस्यो

grandichat

 काठमाडौं।   बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको  हेलिकोप्टर  ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो हेलिप्याडको छेउमा हेलिकोप्टर रोकिएकाले खसेको प्रहरीले जनाएको छ।

 घटनामा कुनै मानवीय क्षति नभएको र घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी भेषराज रिजालले बताए। दुर्घटनाबाट हेलिकोप्टरको पंखा भाचिएको र सिशा फुटेको छ।  हेलिकोप्टर हेलिप्याडबाट एक तलामुनिको छतमा खसेको थियो ।

 

Comments

Top