अर्जेन्टिनालाई ४-३ गोलले हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश

fransa

 काठमाडौं । अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फ्रान्सको तर्फबाट एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १-१ गोल गरे। अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए। केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

 एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए। खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए। खेलको सुरुमा फ्रान्सले अग्रता लिएको थियो । एन्टोनियो ग्रिजम्यानले पेनाल्टीबाट १३ औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए ।

 तर पहिलो हाफ १-१ को बराबरीमा सकिएएको थियो । दोस्रो हाफको सुरुमा नै अर्जेन्टिनाका मेकार्डोले गोल गरेर टिमलाई अग्रता दिलाए । ५७ औं मिनेटमा फ्रान्सका लागि पाभर्डले गोल थप्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा फेरि एम्बाप्पेले गोल गरेपछि फ्रान्सले ३-२ को अग्रता कायम राख्यो । फ्रान्सका लागि एम्बाप्पेले नै ६८ औं मिनेटमा अर्को गोल थपेर खेललाई ४-१ को स्थितिमा ल्याए ।

 

 

Comments

Top