बिश्वकप फुटबलमा रोचक : उत्कृष्ट फुटबलर बन्न खोज्ने मेस्सी र रोनाल्डो एकैदिन बाहिरिए

romesi

 काठमाडौं ।बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत  शनिबार राति भएको दोश्रो खेलमा उरुग्वेले पोर्चुगललाई २–१ गोल अन्तरले हराएसँगै पोर्चुगल पनि दोस्रो चरणबाटै बाहिरिएको छ। 

 नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भएपछि अर्जेन्टिना बाहिरिएको थियो । उरुग्वेका कभानीले सातौँ र ६२ औँ मिनेटमा गरेको गोलसँगै उरुग्वेले पोर्चुगललाई २-१ ले हराएको थियो । अब उरुग्वेले क्वार्टर फाइनलमा फ्रान्ससित प्रतिस्पर्धा गर्ने छ । उत्कृष्ट फुटबलरको होडमा प्रतिस्पर्धी रहेका मेस्सी र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिए ।

 सुरुमा मेस्सीको टिम बाहिरिका छन्  । त्यसको केही घन्टा नवित्दै रोनाल्डो पनि विश्वकपबाट बाहिरिएका छन् । दुबै खेलको रोचक वा दु:खद पक्ष के छ भने लियोनेल मेस्सी  र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिए ।

Comments

Top