सुन तस्करीमा मल्होत्राको संलग्नता पुष्टि हुने आधार देखिएन

deepakm

 काठमाडौं । ३३ किलो सुन तस्करी र  सनम शाक्य हत्या प्रकरणको छानविन अन्तिम चरणमा पुगेको छ । गृहमन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित  उच्चस्तरीय छानविन समितिले प्रहरीका बहालबाला उच्च अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ ।

 सुन तस्करी प्रकरणमा पछिल्लो समयमा गोल्ड डन चुडामणी उप्रेती 'गोरे'का सहयोगी राम तिवारी, हुन्डी कारोबारमा संलग्न  बिमल पोद्दार र रेस्टुरेन्ट व्यवसायमा संलग्न  अकबर साह लगायतलाई प्रहरीले पक्राउ गरेको छ । पोद्दार पक्राउपछि नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा व्यवसायी दीपक मल्होत्राको पनि सुन तस्करी काण्डमा नाम जोडेर  समाचार आएको थियो । पोद्दार मल्होत्राका घरजग्गा ब्यवसायका साझेदार हुन ।

 समिति स्रोतका अनुसार  मल्होत्राको नाम कसैले नपोलेको र अनुसन्धानका क्रममा उनले पोद्दारसँग मिलेर हुन्डी र सुन तस्करी गरेको पुष्टि हुने आधार देखिएको छैन  । मल्होत्रा नेपाल चेम्बर अफ कर्मशको तर्फबाट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा रहेका बेलामा उनी फरार भएको भन्दै समाचार बाहिर आएको थियो  ।  चेम्बरको उपाध्यक्ष समेत रहेका  मल्होत्रा मोबाइल व्यबसायका अलाबा जग्गा तथा कोरियन गाडी साङयोङको व्यापारमा संलग्न रहदै आएका छन् ।  

Comments

Top