पेनाल्टी सुट आउटमा स्पेनलाई ४-३ गोलले हराउँदै रसिया विश्वकपको क्वार्टरफाइनलमा

russ

 काठमाडौं । बिश्वकप फुटबल अन्तर्गत स्पेनलाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।  

 निर्धारित ९० मिनेटमा दुबै स्पेन र रसियाले एक एक गोल गरेपछि थप ३० मिनेट समय थपिएको थियो । तर उक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको हो ।
रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लिएको थियो खेलको १२ औ मिनेटमा ।

 आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । आत्मघाती गोलबाट स्पेनलाई १-० को अग्रता सुम्पेको रसियाले पहिलो हाफ सकिदा स्पेनसँग पेनाल्टीबाट बराबरी गरेको थियो ।

rus2

Comments

Top