के मेस्सी र रोनाल्डोको हालतमा पुग्लान त नेयमार ?

messir

 काठमाडौं । विश्वकप फुटबलमा आज बेलुका हुन गइरहेको ब्राजिल र मेक्सिकोबीचको खेल सर्वाधिक चासोको रुपमा हेरिएको छ ।

 ब्राजिलले समूह चरणमा स्वीट्जरल्याण्डसंग १–१ को बराबरी खेलेको थियो भने कोस्टारिकालाई २–० ले हराएको थियो । अन्तिम खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो । तर गोल गर्न निकै संघर्ष गरेको ब्राजिलले अझै लय समात्न सकेको छैन ।  मेक्सिको समूह एफ को उपविजेता हो । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १–० ले तथा दक्षिण कोरियालाई २–१ ले हराएको थियो ।

 सोमबार रातिको दोस्रो राउन्ड अफ सिक्सटिनको खेलमा बेल्जियम र जापान खेल्दैछन् ।

 त्यसो त विश्वकप फुटबलका तीन हिरो मध्य नेयमारले अाज कस्तो खेल्लान भन्ने कौतुहलता पनि उत्तिक बढेको छ । मेस्सी र रोनाल्डो बाहिरिए । अब नेयमार बाँकी छन् । अर्जेन्टिना र पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।

Comments

Top