नेयमारको उत्कृष्ट खेलले ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

neyaimar

 काठमाडौं । विश्वकप फुटबलको क्वार्टरफाइनलमा ब्राजिल प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० गोलले हराउँदै ब्राजिलले क्वार्टरफाइनलमा ठाउँ बनाएको हो । पाँच पटकको च्याम्पियन ब्राजिललाई जिताउन नेयमार नै नायक भएर प्रस्तुत भएका थिए । खेलको ५१ औं मिनेटमा नेयमारले गोल गरेका थिए ।

 त्यसपछि ८८ औं मिनेटमा नेयमारले गोलका लागि रोबर्टो फर्मिनोलाई सुन्दर पास दिए । मेक्सिकोले राम्रो खेल खेले पनि गोल गर्न सकेन । गोलका लागि मेक्सिकोले गरेका प्रयास खेर गएका थिए । ब्राजिलले क्वार्टर फाइनलमा वेल्जियम र जापानबीच सोमबार राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 neai1

 

Comments

Top