जापानलाई नाटकीय ढंगले बेल्जियमले हरायो , अब ब्राजिल र बेल्जियम नै भिड्ने

beljimwin

 काठमाडौं । जापानलाई नाटकीय ढंगले ३–२ ले गोलले पराजित गर्दै विश्वकपको उपाधि दावेदार बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जापानले २–० ले अग्रता लिएर पनि त्यसलाई बचाउन नसक्दा हार नै बेहोर्न पुग्यो । पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफको सुरुआतमै आक्रामक बनेको जापानले लगातार दुई गोल गर्यो ।

 खेलको ४८औं मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाए । तर जापानले २–० ले अग्रता लिएर पनि आफ्नो डिफेन्स लाइनलाई कडा पार्न सकेन र अन्ततः टुट्यो । खेलको ६९औं मिनेटमा जान भेर्टोन्गेनले गोल गर्दै बेल्जियमका लागि पहिलो गोल गरे ।

 त्यसको पाँच मिनेटमै मारुने फेलानीले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याए । खेल एक्स्ट्रा टाइममा जाँदै थियो । तर ६ मिनेट थपिएको समयको चौथो मिनेटमा नासेर छाद्लीले गोल गर्दै बेल्जियमलाई जिताए । एसियाको एकमात्र टोली राउन्ड अफ सिक्सटिनमा पुगेको थियो । खेल बेल्जियमले त जित्यो तर मन भने जापानले नै जितेको छ ।

  यसअघिका दुई दिनका चारमा तीन खेलमा अनपेक्षित नतिजाहरु आइरहँदा सोही अनुमान गरिएको थियो। तर त्यसो भएन । ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो । अबको क्वार्टरफाइनल भिडन्तमा ब्राजिल र बेल्जियम नै भिड्ने छन् ।

Comments

Top