विश्वकपमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ, ठुलो गिरोहलाई प्रहरीकै संरक्षण

sattebaj

 काठमाडौं । विश्वकप फुटवल प्रतियोगितामा विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने दिने गरी अबैध रुपमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ परेका छन् ।

 महानगरिय प्रहरी परिसर काठमाडौंले बालाजुका प्रकट महर्जन  ,रामघाटका रेजिन महर्जन र चागलका सुजेन शाहीलाई अबैध रुपमा सट्टाबाजी खेल खेलाएको आरोपमा सोमबार बज्र होटल नजिकबाट छ लाख उनान्सय हजार र निजहरुले प्रयोग गर्दै आएको मोवाईल ४ थान सहित पक्राउ गरेको हो ।

 प्रहरीले दिनहुजसो सट्टेबाजीमा  करोडौको कारोबार गर्नेलाई उन्मुक्ती दिएर सानातिनालाई पक्राउ गरेको एक प्रहरी अधिकारी वताउंछन् ।  यसअघि  सट्टेबाजी गिरोहका डन नागराजकै समूहका गौरव तिवारीलगायत पाँच जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाई छाडेको थियो । सट्टेबाजीमार्फत झण्डै १४ करोडको अवैध कारोबार गरेको तिवारीको समूहलाई परिसरले मुद्दा कमजोर बनाई जुवा ऐन अन्तर्गतमात्र मुद्दा चलाउँदा उनीहरु दुई सय रुपैयाँ धरौटीमा छुटेका थिए । जुन विषयले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा ठूलो हंगामा मच्चिएको थियो । 

Comments

Top