स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन क्वार्टरफाइनलमा

sweddeen

 काठमाडौं । रसियामा जारी बिश्वकप फुटबल प्रतियोगितामा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन क्वार्टरफाइनलमा पुगेको छ । स्वीडेनले स्वीट्जरल्याण्डलाई १० ले हरायो । खेलको ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो । अमेरिकामा सन् १९९४ मा भएको विश्वकपपछि स्वीडेन क्वाटरफाइनल प्रवेश गरेको पहिलो अवसर हो ।

 अतिरिक्त समयको तेस्रो मिनेटमा वान भर्सेज वान सिचुएसनमा स्विजरल्याण्डका खेलाडी लाङले डिएरियामा फल गरेपछि रेड कार्ड पाए । स्वीडेनले सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्याण्ड र कोलम्बियाबीचको खेलका विजेतासँग खेल्नेछ ।

 

Comments

Top