ओली बिरुद्द सुशीला कार्कीको आक्रोश , आईजीपी प्रकरणमा सहयोग गरेका थिए ओलीले

kpsushila

 काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले वर्तमान सरकारको खुलेरै बिरोध गरेकी छन्  ।  काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् । 

सत्तापक्षमा हुँदा र नहुँदा दलहरूको व्यवहार फरक–फरक रहेको भन्दै कार्कीले संविधानले दिएको अधिकारलाई केपी ओली सरकारले हनन् गरेको आरोप लगाइन् । उनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नाम नलिएर तस्कर माफियाको पक्षमा काम गरेको आरोप लगाइन् ।

तत्कालीन एमालेले सडकका रेलिङ भाँचेको प्रशङ्ग कोट्याउँदै उनले भनिन्, ‘सत्ताभन्दा बाहिर हुँदा उहाँहरू त्यही माइतीघर मण्डलामा प्रदर्शन गर्नु हुन्थ्यो । सत्तामा गइसकेपछि किन यसो गरियो ? किन सबै कुरालाई निषेध गरियो ?

डा।गोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै उनले प्रश्न गरिन् ‘के यो नाजायज हो र ?’

केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन्, ‘तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’

उनले गंगामाया अधिकारीको अनशनलाई वेवास्ता गरेकोमा पनि सरकारपति आक्रोश पोखिन् । गत बर्ष आईजीपी नियुक्ती प्रकरणमा कार्कीलाई महाअभियोग लगाउँदा त्यसको प्रतिबाद गर्दै केपी ओलीले साथ दिएका थिए। तर अहिले  एकाएक कार्कीले ओलीका बिरुद्द बोल्न थालेपछि अचम्म मानिएको छ । 

 

Comments

Top