टिपर दुर्घटना हुँदा कालीगण्डकी करिडोरमा कार्यरत १५ जना मजदुरको मृत्यु, १७ घाइते

tripar

    काठमाडौं । उपल्लो मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी महेन्द्र खड्काले माईन्यूज नेपाललाई बताए ।

विरुवा कन्स्ट्रक्सनको बा २ क २२१९ नम्बरको टिपर दुर्घटमा परेको हो । स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । डिएसपी खड्काले भने–‘प्रहरी घटनास्थलमा पुगिसकेको छ । घाइतेहरु प्रायः सबैको अवस्था पनि गम्भिर छ ।’ हेलिकप्टर पनि उद्दारका लागि उडिसकेको जनाउँदै डिएसपी खड्काले छिट्टै उद्दार गरी उपचारका लागि पठाउने तयारी भइरहेको बताए ।

Comments

Top