विना जानकारी विदेश जान लाग्दा उपकुलपतिलाई विमानस्थलबाटै फर्काइयो : गृहमन्त्री थापा

ram bahdaur thapa

   काठमाडौं । विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा नियन्त्रणमा लिइएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई फर्काइएको बारे गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले जवाफ दिएका छन् । राष्ट्रियसभाको बैठकमा कांग्रेस सांसदहरुले उपकुलपति कोइरालाई क्यानाडा जानबाट किन रोकियो ? विमानस्थलबाट किन पक्राउ गरियो भनी सोधेको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री थापाले सरकारको अनुमति नदिई जान लागेकाले फर्काइएको जवाफ दिएका छन् ।

यसबारे विस्तृत जानकारी गृह मन्त्रालयमा नआइपुगेको बताउँदै गृहमन्त्री थापाले प्राप्त जानकारी अनुसार कुलपति वा सरकारबाट उपकुलपति कोइरालाले अनु्मति नलिएको भन्दै सरकारी कदमको बचाउ गरे। ‘विदेश भ्रमण या अन्य कतै जानुपरेमा सरकार या सम्बन्धित निकायको अनुमति लिनुपर्छ, उहाँले    नलिनुभएको मैले बुझेको छु,’ उनले भने–‘अनुमतिबिना जान हुँदैन भन्ने सरकारको नीति छ।’

Comments

Top