एनआईसीद्वारा सोलार वत्तीहरु र सिसिटिभी क्यामरा हस्तान्तरण

nic

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा सिसिटिभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपाल, सूचना तथा सञ्चार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बंैकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेका हुन् ।

मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको वासलातको आकार १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १५० अर्ब पुगेको छ ।

Comments

Top