ओलीको शिरमा नेविसंघले लगायो श्रीपेचको फोटो, सरकारबिरुद्द प्रदर्शन

nebisanghap

 काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारबिरुद्द प्रदर्शन गरेको छ । प्रधामन्त्री केपी शर्मा ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले गोविन्द केसीको माग सम्बोधन गर भन्ने नारामा फोकस गरेर प्रदर्शन गरेका हुन ।

 नेविसंघले कानुनी र प्राज्ञिक क्षेत्रमा सरकारले गरेको हस्तक्षेपको विरुद्धपनि गरेको छ । मूल्य समायोजनको नाममा सरकारले अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेविसंघले आन्दोलित हुँदै आएको थियो । सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस सरकारविरुद्ध आक्रामक बनेको हो ।

Comments

Top