गच्छदारद्वारा कांग्रेस छाड्ने धम्की

gachha

 काठमाडौं । सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा.गोविन्द केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ ।

सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी हुन सकेको छैन । काँग्रेसले सरकारका गलत क्रियाकलापका विरुद्ध संसद र सडक दुवै ठाउमा कडा रुपमा प्रस्तुत हुने घोषणा गरेको थियो ।

प्रतिपक्षको भुमिका कमजोर भएको गुनासो आइरहेको बेला काँग्रेसको शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालेका थिए । तर, आन्तरिक रुपमा छिन्नभिन्न भएको नेपाली काँग्रेस एकढिक्का हुन सकेको छैन । गुट उपगुटमा विभाजित काँग्रेसमा नेताहरु एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन ।

आन्तरीक रुपमा महासमिति बैठक र विधान संशोधन समिति गठनको गृहकार्यमा रहेको काँग्रेस भित्रका नेताहरुको भागवण्डा नमिलेपछि काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एकता भंग गर्ने धम्की दिएका छन ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व गरेका गच्छदारले चुनाव अघि आफ्नो पार्टी काँग्रेसमा समाहित गरेका थिए । गच्छदारले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

आफुलाई उचित जिम्मेवारी नदिएको भन्दै गच्छदारले देशभरका कार्यकर्ता भेला गरी एकता भङ्ग गर्ने भन्दै सभापति देउवा माथि दबाब बढाएका छन् । गच्छदारलाई उपसभापतिमा र शीर्ष नेताहरुलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने तथा फोरमका अगुवा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने सम्झौता देउवाले भङ्ग गरिदिए पछि गच्छदारआक्रोशित बनेको बताइएको छ ।(नेपाल समाचारपत्र )

Comments

Top