राजेन्द्र र अनुको ‘तीज आएको बेला’ सार्वजनिक (भिडियो सहित)

teej aayako bela

   काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तरपनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागि नेपाली कलाकारहरुलाई चटारो छ ।

यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत ‘तीज आएको बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा वियोगान्त भावहरु भन्दापनि स्वच्छ मनोरञ्जन दिनको लागी आफुहरुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु राना मगरले बताइन । गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाज रहेको छ ।

जिवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा निकै रमाइलो गीत बजारमा आएको हो ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत , अन्जली अधिकारी , उज्वल गीरी दानविरको नित्य रहेको छ भने भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।

 

Comments

Top