एनआईसीका चार नयाँ शाखाको उद्घाटन

nic asia logo tagline r_w

   काठमाडौं । थापाथलीमा मुख्य कार्यालय रहेको एनआईसी एशिया बैंकले विभिन्न स्थानमा चारवटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । राप्ती गाउँपालिका–५, दाङ्गमा स्थापित सिसहनिया शाखाको २५ गते तथा गौरीगञ्ज नगरपालिका–३, कनकाई नगरपालिका–३ झापा र ठाकुरबाबा नगरपालिका–१, बर्दिया स्थित भुरी गाँउ शाखाको २४ गते उद्घाटन भएको बैंकले जनाएको छ ।

मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने एनआईसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १७८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

Comments

Top