एसएसपी पोखरेलका झगडिया गजमेर ठगी आरोपमा पक्राउ

gajmer

 काठमाडौं । करोडौ ठगीको अभियोगमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर पक्राउ परेका छन् । गजमेरलाई महानगरिय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले मंगलबार बेलुका लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीमा दर्जानौं उजरी परेको प्रहरीले जनाएको छ ।

 गजमेर बिरुद्द राधिका कटुवाल, सुरेन्द्रप्रसाद मास्के,समिर रिमाल,राजेन्द्र महर्जनसहित ११९ जनाले झन्डै ५ रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । गजमेरले माई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको प्रहरीको भनाइ छ । 

  अदालत बाट 'स्टेअर्डर' लिएर बसेका गजमेर परिसर प्रमुख एसएसपी बिश्वराज पोखरेलबिरुद्द नै उजुरी गर्न थालेपछि काठमाडौं प्रहरीले पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो। गजमेरकै उजुरीका आधारमा गृह मन्त्रालयले एसएसपी पोखरेलमाथि छानविन गर्न समिति नै गठन गरेको थियो।

 गजमेरले आफलाई एसएसपी पोखरेलले राधिका कटुवालको प्रभाबमा परी एक रात थुनेर जबर्जस्ती ४५ लाखको चेक काट्न लगाएको भन्दै गृह मन्त्रालयमा पोखरेलमाथि कारवाहीको माग गर्दै उजुरी गरेका थिए ।

 महानगरीय प्रहरी कार्यालयका एसएसपी राजेशलाल कर्णको संयोजकत्वमा गठन भएको पाँच सदस्सीय समितिले एसएसपी पोखरेल, विश्वकर्मा र कटुवालसँग छुट्टा छुट्टै बयान लिएको थियो । गजमेरले एसएसपी पोखरेल र राधिका कटुवाल विरुद्ध उच्च अदालत पाटनमा  मुद्दा दायर गरेलगत्तै अदालतले  पोखरेलमाथि अपहेलनामा मुद्दा पनि दर्ता गरेको थियो । गजमेरले राष्ट्र बैंकको इजाजत नलिइ निक्षेप र कर्जा लिने काम गरेको प्रहरीको भनाइ छ ।

Comments

Top