वेल्जियमलाई १-० ले हराउँदै फ्रान्स फाइनलमा

francef

 काठमाडौं। रसियामा जारी विश्वकप फुटबलको फाइनलमा फ्रान्स प्रवेश गरेको छ। बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। खेलको ५१औं मिनेटमा फ्रान्सका स्यामुएल उम्टिटीले कर्नरमा ग्रिजम्यानले गरेको प्रहारलाई टाउको मार्फत गोल गरेपछि खेल रोचक बनेको थियो ।

 धेरै बल आफ्नो नियन्त्रणमा राखेको भए पनि बेल्जियम भन्दा फ्रान्सले पोस्टमा बढी आक्रमण गरेको थियो।

 france2फ्रान्सले १९ आक्रमण गरेको थियो भने बेल्जियमले ९ पटक मात्र आक्रमण गरेको थियो। सन् १९९८को बिजेता फ्रान्स सन् २००६मा भएको विश्वकपमा दोस्रो भएको थियो।

 फ्रान्सले फाईनलमा इंग्ल्याण्ड र क्रोएसियाबिच हुने दोस्रो सेमीफाईनलको बिजेतासँग खेल्ने छ। बेल्जियमले तेस्रो स्थानकालागि दोस्रो सेमीफाईनलको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

 

Comments

Top