आइएसएमटी कलेजको रक्तदान कार्यक्रम सम्पन्न

Photo of Blood donation

 काठमाडौं । काठमाडौंस्थित तीनकुनेमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी)कलेजले सामाजिक उत्तरदायित्व र विद्यार्थीको शैक्षिक क्रियाकलाप अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 आइएसएमटी कलेजले तत्काल देखिएको रगत अभावलाई मध्यनजर गर्दै हाम्रो एक पटकको रक्तदानले कसैले जीवनदान पाउन सक्छ भन्ने सोचका साथ गत असार २१ गते कलेज प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको सहभागीता रहेको कलेजका प्रशासन प्रमुख बासु देव वस्तीले वताए।

 बेलायतको पियरसन र हर्टफोर्डशायर विश्वविद्यालयको सम्बन्धनमा आइएसएमटी कलेजले बिबिए, बिएचएम र बिएससी आइटी कक्षा सञ्चालन गरिरहेको छ ।

 

Comments

Top