इङल्याण्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा क्रोएसिया

kroy

 काठमाडौं।  इङल्याण्डलाई २-१ गोलले पराजित गर्दै विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा क्रोएसिया पुगेको छ। क्रोएसिया इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो। खेलको ५औं मिनेटमा कियरन ट्रिप्पीयरले फ्रिकीक मार्फत गोल गर्दै इङल्याण्डलाई १-०को अग्रता दिलाएका थिए। दोस्रो हाफमा क्रोएसिया आक्रमक रणनीतिका साथ मैदानमा ओर्लेको थियो।

 क्रोएसियाले दोस्रो हाफ आफ्नो नियन्त्रणमा राखेको थियो। क्रोएसियाको तर्फबाट  ६८औं मिनेटमा ईभान पेरिसिचले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। ९० मिनेटको खेल बराबरीमा सकिए पछि थपिएको ३० मिनेटमा  खेलको १०९औं मिनेटमा क्रोएसियाका मारियो मान्ड्जुकीचले गोल गर्दै अग्रता २-१ बनाएका थिए।

 cro2

क्रोएसियाले फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नछ  ।  इङल्याण्डलाले तेस्रो स्थानकालागि बेल्जियमसँग खेल्नेछ भने क्रोएसिया र फ्रान्सले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

Comments

Top