ठुलो हल्लीखल्ली सहित पक्राउ गरेका गुण्डा नाइकेलाई सात घण्टामै छाडियो

`gundachadyo

 काठमाडौँ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेको सात घण्टामै छुटेका छन्  । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाट पक्राउ गरेको भन्दै संचारमाध्यमलाई सुचना दिइएको थियो  ।

 लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी गरेको जनाएको थियो  । जुन कुरालाई  परिसर प्रमुख एसएसपी बिश्वराज पोखरेलको  'कोड' गरेर अनलाइनहरुले समाचार बनाएका थिए । नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको सहयोगीका रुपमा  काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका थिए । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

 तर, एसएसपी  पोखरेलको बोली सात घण्टाभन्दा बढी  टिक्न सकेन र बेलुका सात बजे नेकपाकी सांसद नबिना लामाको रोहबरमा लामालाई छाडिएको हो  । म्याद थप गरेर गुण्डालाई छाड्नु गैरकानुनी काम हो  । सत्यमानबिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको थियो  । गुण्डा पक्राउ गर्ने, त्यसपछि मिडियामा सुचना दिएर ठुलो हल्लिखल्ली गराउने र बेलुका सुटुक्क छाड्ने एसएसपी पोखरेलको कार्यशैली यो घटनापछि उदाङगिएको छ।  काम देखाउने नाममा  एसएसपी बिश्वराज पोखरेल उनी सस्तो प्रचारमा उत्रिएको टिप्पणी समेत भएको छ । 

Comments

Top