पार्टी एकतालाई भाड्ने षडयन्त्र सफल हुँदैन : अध्यक्ष प्रचण्ड

Prachnada

चितवन। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकतालाई भाड्ने षडयन्त्र भईरहेको दाबी गरेका छन् । विभिन्न घटनाको नाममा पार्टी एकतालाई भाड्ने षडयन्त्र भएको भन्दै उनले भने- 'एकता भाड्ने षडयन्त्र सफल हुदैन् ।'

 शारदा स्मृति प्रतिष्ठान र सांस्कृतिक महासघं चितवनले कृष्णपुरमा गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनबर्गीय सगठंनहरु एकताको चरणमै रहेको पनि उल्लेख गरेका छन् । भदौं/ असोजसम्म आन्तरिक व्यवस्थापन मिलाई नेकपाले मुर्त रुप लिने अध्यक्ष प्रचण्डको दाबी थियो ।

 सो अवसरमा जनगायक खुसिराम पाख्रिनको परिवारलाई विशेष सम्मान गरिएको थियो भने कम्यूनिष्ट आन्दोलनका अगुवा एवं नेकपाका केन्द्रिय सल्लाहकार खम्वासिहं कुवँर काजी बा र कवि सुमनराज श्रेष्ठलाई सम्मानपत्र र ढोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

Comments

Top