'मार्सी भातले समाजवाद आउँदैन, माफियामुखी ऐन चाहिँदैन’

drsave

 काठमाडौं । अनसनरत डा.गोविन्द केसीका समर्थकले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका केसीका समर्थकले तत्काल माग पुरा गर्न माग गरेका छन् । विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकारीलाई कुण्ठित पार्नेगरी सरकारले निषेधित क्षेत्र घोषणा गरेकामा केसी समर्थक आक्रोशित छन् ।

 सोलिडारीटि फर प्रोफेसर गोविन्द केसी अभियानले गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वको सहभागीता रहेको थियो । माइतिघरदेखि सुरु भएको प्रदर्शन नयाँ वानेश्वर सभामा परिणत भएको थियो । विरोधमा नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा, विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा, गायक अमृत गुरुङ, नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डाक्टर केदार नरसिंह केसीलगायत डाक्टर केसीका समर्थकहरू उपस्थित थिए ।

 केसी पक्षका प्रदर्शनकारीले ‘कान खोली सुन केपी र प्रचण्ड तिम्रो मार्सी भातले समाजवाद आउँदैन, माफियामुखी ऐन चाहिँदैन’ भन्ने नारा लगाएका थिए ।

Comments

Top