विकृती र विसंगती हटाउन टोल टोलमा प्रहरी कार्यक्रम : डिआइजी न्यौपाने

ghargharma

 काठमाडौं। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी मनोज न्यौपानेले समाजमा रहेका विकृती र विसंगती हटाउनका लागि टोल टोलमा  प्रहरी कार्यक्रम अत्यन्तै लाभदायक हुने उल्लेख गरेका छन्। महानगरीय प्रहरी वृत नयाँ बानेश्वरद्वारा शनिबार आयोजित टोल टोलमा प्रहरी अभियान कार्यक्रमको उद्घाटन गर्दै डिआइजी नेउपानेले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताए । डिआइजी नेउपानेले संगठन प्रमुख आईजीपी सर्वेन्द्र खनालले अघि सारेको दशबुँदे कार्यक्रम अनुसार प्रहरी अघि बढ्ने बताएका थिए ।

 कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलले प्रहरीले यस अघि ल्याएको मुस्कान सहितको प्रहरी र प्रहरी मेरो साथी कार्यक्रमले जनतासँग नजिक बनाएको बताउँदै अवको टोल टोलमा प्रहरी कार्यक्रमले जनताले विगतमा प्रहरी प्रति गर्ने शंका र उपशंका समाप्त पार्ने बताए ।

 सामूदायीक प्रहरी ३२ वडाकी अध्यक्ष मनसरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद गणेश दुलाल, दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ्ग, पदम रेग्मी लगाएतका वक्ताले प्रहरीको यो कार्यक्रम प्रभावकारी हुने र आफूहरु प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका थिए । सिभिल अस्पतालबाट डिआइजी मनोज नेउपानेले रिवन काटेर शुरु भएको प्रभातफेरी तिनकुनेमा पुगेर सभामा परिणत भएको थियो ।

 प्रभातफेरीमा त्यस भेगमा रहेका क्याम्पस, विद्यालयका विद्यार्थीका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रमबारे बानेश्वर वृतका प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी गराएका थिए । बानेश्वर वृतमा डिएसपी काफले आएको दुई साता पुगेको छ। उनले उक्त कार्यक्रमको आयोजना गरेर प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुधार गर्ने प्रयास गरेकोमा बानेश्वरवासीहरुले खुशी व्यक्त गरेका छन्।

 

 

Comments

Top