क्लव डेजाभुको योजना प्रहरीद्वारा चकनाचुर , जबरजस्ती प्रवेश गर्न खोजे पुनम पाण्डे पक्राउ पर्ने

punamn

 काठमाडौं । प्रशासनको अनुमति नलिएर बलिउडकी मोडल पुनम पाण्डेलाई भित्राएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी गरेको दरबारमार्गको क्लव डेजाभुको योजना प्रहरीको हस्तक्षेपपछि स्थगित भएको छ ।

 प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने भन्दै प्रचारबाजी गरेका थिए। क्लव डेजाभुले पूर्वस्वीकृति नलिएर भारतीय मोडल पुनम पाण्डेको नाचसँग विश्वकप फुटबल खेल देखाउने तयारी गरेको र भिडभाडका कारण संभावित दुर्घटना हुने अवस्था देखिएका कारण हस्तक्षेप गरेर कार्यक्रम स्थगित गरिएको डिएसपी दान वहादुर मल्लले वताए । प्रहरीले एक्सन लिएपछि क्लव डेजाभुका मालिकहरूका भागाभाग भएको छ ।

 सबै मालिकहरू लुकेर बसेको प्रहरीले जनाएको छ ।  बलिउड नायिका एवम् मोडल पुनम पाण्डे जबरजस्ती क्लव डेजाभुमा प्रवेश गर्न खोजे नियन्त्रणमा लिने प्रहरीको तयारी छ । रिपोर्टर्स क्लव नेपाललमा शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लव डेजाभुका सञ्चालक केपी गैरेले प्रहरीसँग अनुमति लिएर कार्यक्रम गर्न लागेको दाबी गरेका थिए । तर, डिएसपी मल्ले केपी गैरे भन्ने व्यक्तिलाई आफूले नचिन्नको र क्लव डेजाभुलाई आफूले कुनै पनि अनुमति नदिएको प्रतिक्रिया दिएका छन् ।

 डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिएर पुनम पाण्डेलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । क्लव डेजाभु आइतबार बन्द रहनेछ । क्लव डेजाभुका गतिविधिमा सुधार नभए सदाका लागि बन्द गरिदिने डिएसपी मल्लले चेतावनी दिएका छन् । ‘कानून मिचेर कुनै पनि क्रियाकलाप गर्न पाइँदैन’, मल्लले भने, ‘शान्ति सुरक्षा बनाइ राख्ने दायित्प प्रहरीको हो ।

 कानून पालना गराउने दायित्व पनि हाम्रो हो ।’डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हालेका छन् । क्लव डेजाभुमा प्रहरीले कसैलाई पनि प्रवेश गर्न दिएको छैन । गत मंसिर २७ गते अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनेर क्लव डेजाभुले लाखौँको टिकट बिक्री गरेर अन्तिममा ठगी गरेको थियो । त्यसपछि आक्रोशित भएका दर्शकले क्लव डेजाभुमा तोडफोड गरेका थिए । 

Comments

Top