भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

nilkantha-upreti

 काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको हो ।
दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

 काँग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भए ।यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

Comments

Top