बिमिस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ मा काठमाडौंमा

BIMSTEC

 काठमाडौ। बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को चौथो शिखर सम्मेलन आउँदो भदौ १४ र १५ मा काठमाडौंमा हुने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल आयोजक रहने चौथो शिखर सम्मेलनको मिति टुङ्गो लागेको जानकारी दिए ।

बिमिस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यसको पहिलो सम्मेलन सन् २००४ मा थाइल्याण्डमा भएको थियो भन दोस्रो भारत र तेस्रो म्यानमारमा भएको थियो ।

सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यानमारमा भएपछि चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । नेपाल चार वर्षदेखि बिमिस्टेकको अध्यक्ष राष्ट्र हो ।

Comments

Top