नेविसंघको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा २४ जना घाईते

nebisangha

 काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ  । प्रदर्शनका क्रममा प्रहरीसँग कार्यकर्ताहरुको  तीन ठाउँमा झपड भएको छ ।

 नेविसंघ अध्यक्ष नैनसिंह महरले झडपमा परी २४ जना घाईते भएको बताए । सरकारले माईतीघर मण्डला लगायत स्थानमा निषेधाज्ञा जारी गरेपछि त्यसको बिरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।  सर्वोच्च अदालतले सोमबार मात्रै माईतीघर मण्डला लगायत स्थानमा प्रदर्शन गर्न रोक लगाउन नहुने भन्दै सरकारको नाममा अन्तरिम आदेश गरेको छ ।

Comments

Top