निकम्मा बन्दै ओली सरकार

kpolisarkar

  सरकारका निर्णय र कामबाट धेरैको मनमा चिसो पसेको छ । सरकारले पनि चिसो पस्ने गरेर काम गरेका कारण चिन्ता बढाएको हो । पूर्व एमालेका नेताहरू नै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निरंकुशता ल्याउन खोजेको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन् ।

ओलीका विरुद्ध खुलेर बोल्न नसके पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले ओलीको झिनो स्वरमा आलोचना सुरु थालेका हुन् । विरोध हुनेवित्तिकै ओलीले प्रतिवाद गर्ने गरेका छन् । ओलीको व्यवहारबाट नेकपाका धेरै नेता कार्यकर्ताको मन भाँचिएको छ ।

नेकपाको नेतृत्वमा बनेको वर्तमान कम्युनिस्ट सरकारबाट धेरै अपेक्षा गरिए पनि ओली सरकारले काम गर्न सकेको छैन । गफमा धेरै समय दिने ओली र ओलीको सचिवालयका कारण नेकपाको बद्नाम हुँदै गएको हो । ओलीले कसैको कुरा सुन्दैनन् । उनले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबाहेक कसैको पनि कुरा सुन्दैनन् भनेर आलोचना हुन थालेको छ ।

मुलुकमा वाम सरकार आएसँगै महँगी बढेको छ भने कृतिम अभाव शुरु भएको छ । भ्रष्टाचार बढेको छ । यी सबैलाई रोक्ने ओलीले बताए पनि रुक्ने कुनै सम्भावना देखिएको छैन । बरु ओलीले राज्यशक्तिका सबै निकाय आफू मातहत राखेर निरंकुशताको प्रयास गरिरहेको आरोप लाग्ने थालेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विरोध गर्दै आएको छ । तर, कांग्रेसले भन्दा पनि ओलीको आलोचना आफ्नै पार्टीभित्रबाट शुरु भएको छ ।

पूर्व एमालेका नेताहरू नै ओलीको कटु आलोचनामा उत्रिएका छन् । पूर्वमाओवादीका नेताहरूले पनि ओलीबाट मुलुकले निकास नपाउने बताउने थालेका छन् । पूर्वमाओवादीका नेताहरू ओली समक्ष कुनै पनि काम लिएर जाँदैनन् । ओलीलाई भेट्न सहज छैन । ओली सानो घेराभित्र छन् ।

त्यस कारण पनि नेकपाका नेता कार्यकर्ता बालुवाटार र प्रधानमन्त्री कार्यालय नजाने गरेका हुन् । ओलीको सचिवालय निकम्मा बनेको आरोप लाग्ने गरेको छ ।

Comments

Top