प्रचण्डकी नातिनी स्मिताको ‘पानी कुवाको’ गीत सार्वजनिक (भिडियाे सहित)

pani kuwako

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता र सरोज ओलीको स्वरमा ‘पानी कुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सबै सदस्य नेपाली पोशाकमा देखिएको उक्त गितमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको छ । क्रुसँगै अभिनेत्री प्रियंका कार्कीको पनि छोटो भूमिका छ। दिनेश थपलियाको शब्द रहेको गीतमा संगीत भने बसन्त सापकोटाले भरेका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन्।

Comments

Top