दुबईबाट भित्रिएको तस्करीको सुनसहित तीन जना पक्राउ

gold

काठमाडौं । दुबईबाट भित्रिएको तस्करीको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेला परेको छ  । प्रहरीले सुन सहित तीन जनालाई पक्राउ गरेको छ  ।

बटम जस्तो बनाएर जिब्रोमुनी सुन राखेर तस्करी गरेको अवस्थामा विमानस्थल प्रहरीले बुधबार तस्करीको सुनसँगै तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं. का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफलाई नियन्त्रणमा लिएको हो ।

कोटको बटम बनाएर दुई–दुईवटा सुनका बटम जिब्रोमुनी लुकाएर तस्करीको कोशिश भएको प्रहरीले जनाएको छ । सुनको तौल ५ सय ५९ ग्राम थियो । एयर अरबियाको फ्लाइट नम्बर जी ९५३९ बाट यूएईको सारजाहबाट सुन आएको थियो ।

Comments

Top