योगीको ‘बिकृति छाको छ’ सार्वजनिक (भिडियो सहित)

bikriti

  काठमान्डौं । भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत ‘बिकृति छाको छ’ को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो गीत बजारमा ल्याएको उनले बताएका छन् । लोकदोहोरी पारखीहरुका लागि फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा आफुले ल्याएको गायिका रिता मगरले जानकारी दिइन । गीतमा रिता मगर र भिम ज्वलन्त योगी को आवाज रहेको छ ।

समाजको तितो यथार्थलाई गीतमा समेटने प्रयास गरिएको छ । ममता खत्री तथा भिम ज्वलन्त योगीको शब्द तथा संगीतमा गीत तयार गरिएको हो । गितको डान्सिङ भिडियो लाई दिनेश मुस्कानले क्यामेरामा कैद गरेका छन् भने डान्सिङ गीतहरुमा एकराज थापाले निर्देशन गरेका छन । भिडियोमा सागर , रुविना विष्णु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ भने सम्पादन दिनेश मुस्कानले गरेका छन् ।

 

Comments

Top