आईडीपी एजुकेशनद्धारा ५० हजार अष्ट्रेलियन डलरको छात्रबृत्ति घोषणा

idp

   अन्तर्राष्ट्रिय शिक्षामा नेपाली विद्यार्थीहरुको सहज पहुँच पुग्ने विश्वास
काठमाडौं । नेपाली विद्यार्थीहरुलाई गुणस्तरिय एवम् अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आईडीपी एजुकेशनले ५० हजार अष्ट्रेलियन डलर बराबरको छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेको छ । काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा आज आयोजित पत्रकार सम्मेलनमा आईडीपी एजुकेशनका सीईओ एन्ड्रयू बार्कलाले नेपालका विद्यार्थीहरुलाई थप अवसरहरुको सिर्जना गर्नका लागि छात्रबृत्तिको योजना ल्याएको बताए ।

विश्वका ६५० भन्दा बढि शैक्षिक संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने संस्था आईडीपीले नेपालमा पनि कार्यालय स्थापना गरी नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न मद्दत गर्ने जनाएको छ ।

विद्यार्थीहरुलाई प्रतिस्पर्धा र शैक्षिक योग्यताका आधारमा छात्रबृत्ति प्रदान गरिने पनि उनले बताए । उनले नेपालमा रहेका केही गैर सरकारी संस्थाहरुसँगको सहकार्यमा गुणस्तरिय शिक्षाको पहुँचबाट बञ्चित बालबालिकाहरुलाई सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आईडीपीका दक्षिण एशिया क्षेत्रीय निर्देशक पियुश कुमारले नेपालमा अईडीपीको पहिलो स्टुडेन्ट प्लेसमेन्ट सर्भिस स्थापना हुन लागेको जानकारी गराए । आईडीपीले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहलाई सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्ने पनि जनाएको छ । बैंक खाता खोल्नेदेखि गुणस्तरिय शैक्षिक परामर्श र डकुमेन्टेसनको काम पनि निःशुल्क गरिने पियुश कुमारले बताए ।

आईडीपीको आईइएलटीएस(अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परिक्षण प्रणाली) मा समेत स्वामित्व रहेको छ । आईडीपी नेपालमा भित्रिएसँगै नेपाली विद्यार्थीहरुलाई धेरै नै सहयोग हुने देखिएको छ । यसअघि देखि नै आईइएलटीएसको परिक्षा दिन समस्या भोगिरहेका विद्यार्थीहरुका लागि आईडीपीले सहयोग पु¥याउँदै आएको छ । गत वर्ष मात्रै आईडीपीमा ३ लाख भन्दा बढि विद्यार्थीहरुले आईइएलटीएसको परिक्षा दिएका थिए ।

IDP (1)अष्ट्रेलियाको धितोपत्र बोर्डमा सूचीकृत आईडीपी ५० प्रतिशत अष्ट्रेलियन विश्व विद्यालयहरुको स्वामित्व रहेको छ भने ३० भन्दा बढि देशहरुमा उपस्थिति रहेको छ । एक सय भन्दा बढि अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरुको नेटवर्कका साथ झण्डै ५० वर्षदेखि आईडीपीले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुँचका लागि गुणस्तरिय परामर्शका साथसाथै आईइएलटीएसको परिक्षा पनि सञ्चालन गर्दै आएको छ ।

आईडीपीकै माध्यमबाट हालसम्म ४ लाख भन्दा बढि विद्यार्थीहरु अष्ट्रेलिया, यूके, यूएसए, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशका शैक्षिक संस्थामा भर्ना भई अन्तर्राष्ट्रिय शिक्षा हासिल गरिरहेका छन् ।

यसरी विश्वका धेरै देशहरुमा विद्यार्थीहरुको पहुँच पु¥याउन सफल आईडीपीले नेपालमा उपस्थिति जनाउँदा भोलिका दिनहरुमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई भने धेरै नै सहज हुने देखिन्छ । त्यसमाथि पनि ५० हजार अष्ट्रेलियन डलर बराबरको छात्रबृत्ति र निःशुल्क परामर्श सेवा प्रदान गर्ने हुँदा नेपाली विद्यार्थीहरुको पनि सजिलै अन्तर्राष्ट्रिय शिक्षामा पहुँच पुग्ने देखिन्छ ।

Comments

Top