गोविन्द केसीको पक्षमा नलाग्न गगन थापालाई कडा चेतावनी

gobindakc

 काठामाडौं। हाम्रो पार्टी नेपालले अनशनरत डा. गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापालाई कडा चेतावनी दिएको छ । पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको पक्षमा कांग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् ।

बिहीबार हाम्रो पार्टी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । विगत ६ महिनादेखि आफूहरु माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको बिपक्षमा उभिएको बताउँदै ब्रहमाण्डले नेपाली कांग्रेसलाई डा.गोविन्द केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

डा.गोविन्द केसीको विपक्षमा खरो रुपमा उत्रेका संयोजक ब्रहमाण्डले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि गोविन्द केसीको पक्षमा काम गरिरहेको आरोप लगाए ।

हाम्रो पार्टी नेपालले संसदीय चुनावमा देशभरबाट ४ सय २६ मत प्राप्त गरेको थियो ।

Comments

Top