सरकारले आफ्नै पार्टी र कार्यकर्ताहरुलाई फाइदा पुग्नेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको सिंहको आरोप

prakash man singhg

  काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानीमा गर्दै सिंहले विहिबार जुम्लामा स्वास्थ्य संस्थामाथि गरिएको प्रहरी धरपकडको आलोचना गरेका हुन् ।

उनले भने–‘जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै सुरक्षाकर्मीद्वारा गरिएको धरपकड सबैका लागि लज्जाको विषय बन्यो।’ उनले सरकारले सहरमुखी र व्यापारीहरुलाई फाइदा हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको भन्दै त्यसको समेत विरोध गरेका छन् ।

कहिलै उपकुलपतिलाई एयरपोर्टबाटै फर्काउने त कहिले अस्पतालमा काम गरिरहेको डाक्टरलाई जबरजस्ती उठाएर मन्त्रालयमा पुर्‍याउने कामले राम्रो संकेत नगर्ने भन्दै नेता सिंहले भने–ं‘नेकपाको सरकारले चिकित्सा शिक्षा विधेयक आफ्नै पार्टी, कार्यकर्ता, लगानीकर्ताहरुलाई बढावा दिने गरी तोडमोड गरेर ल्याउन लागेको छ ।’

Comments

Top