केसीका समर्थक र प्रहरीबीच झडप, तरुण दलका अध्यक्ष र इन्सपेक्टर घाइते

tarun

 काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा नेपाल तरुण दलको अगुवाइमा भएको प्रदर्शनका क्रममा बानेश्वरमा तनाव उत्पन्न भएको छ । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेत घाइते भएका छन् ।

 तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् । उनको  नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । लाठी लागेर दर्जन बढी प्रदर्शनकारी घाइते छन्। माइतीघर मण्डलामा तरुण दलले गरेको विरोध र्‍यालीमा पनि प्रहरीले लाठी चार्ज गरेको छ।  तरुण दलका कार्यकर्तासहित पत्रकारहरू घाइते छन्। प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको हातमा चोट लागेको छ।

Comments

Top